सुनको मूल्यमा नयाँ कीर्तिमान

फ्रान्समा वर्ड फ्ल्यु फैलिन थालेपछि छ लाखभन्दा बढी पंक्षी मारियो

पेरिस – फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पंक्षीहरू मारिएको छ ।

वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मार्न लगाएको हो । पंक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 

फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ । महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । 

फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ । कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो । 

रासस÷एएफपी

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : १५ बजे