साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कोभिड–१९ः भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली – कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ । 

मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ । 

भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ । 
 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : १४ बजे