‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कार्यालयमा छड्के : २५ जना कर्मचारी अनुपस्थित

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चार वटा सेवाग्राही कार्यालयमा छड्के निरीक्षण गरेको छ । जसमा २५ जना कर्मचारीको हाजिरी छड्के परेको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वमा भूमिसुधार तथा मालपोत, नापी, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा हाजिरी छड्के गरिएको र त्यसबाट २५ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाइएको छ । 

जसमध्ये मालपोतका ७, नापीका २, विद्युत प्राधिकरणका १२ र टेलिकमका ४ जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्  । उनले कार्यालय समयमा अनुपस्थित कर्मचारीहरूलाई अनुपस्थित हुनाको कारणसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताइन् ।

टोलीले कार्यालयले प्रवाह गर्ने सेवा, प्रभावकारिता, कर्मचारीको कार्यालयमा नियमितता, कार्यालयको पोसाक, अभिलेख व्यवस्थापन, कार्यालयमा काम नलाग्ने सामग्रीको लिलामी, कार्यालय सरसफाइ लगायतका विषयमा अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन दिएको थियो ।

यस्तै भूमि सुधार तथा मालपोत कार्यालयले भूसेवा केन्द्रमार्फत गर्दै आएको कामलाई व्यवस्थित गर्न नियमितरुपमा केन्द्रको अनुगमन, सम्झौता गरेका भूसेवा केन्द्रले मात्र सेवा प्रवाह गर्न निर्देशन दिइएको सहायक प्रजिअ परियारले बताइन्।

भूसेवा केन्द्रले सेवाग्राहीसँग लिने सेवा शुल्कमा एकरुपकता नभएको पाइएकोले कामको प्रकृति हेरी सेवा शुल्क यकिन गरी सेवाग्राहीलाई नगदी रसिद दिने व्यवस्था गर्न भूमि सुधार मालपोत कार्यालयलाई निर्देशन दिइएको छ । अनुगमनका क्रममा सेवाग्राहीले भूसेवा केन्द्रको सेवामा ३ हजार देखी १० हजारसम्म लिने गरेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : ३२ बजे