‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बुढानीलकण्ठमा कांग्रेस, माओवादी र जसपा नेताको संयुक्त बैठक

काठमाडौँ । नयाँ सरकार बनाउने योजना असफल बनेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू समीक्षा गर्न सामूहिक बैठकमा जुटेका छन् ।

 बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा नेताहरू बैठक गरिरहेका छन् ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का  र नेता नारायण खड्का सहभागी हुनुहुन्छ । यस्तै, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य पम्फा भुसाल र पूर्व सभामुख ओनसरी घर्ती सहभागी हुनुहुन्छ ।

यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ । राष्ट्रपतिले दिएको समय सीमाभित्र गठबन्धन सरकार बनाउन नसकेका विपक्षी त्यसको भोलिपल्ट छलफलमा जुटेका हुन्।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ०२ बजे