महाधिवेशनकै बीचमा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । 

आठौँ राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो ।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो । 

आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको बताइएको छ  ।

महाधिवेशनमा आज अध्यक्ष प्रचण्डले प्रतिनिधिका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ३७ बजे