काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
बैठक भोलि आइतबार साँझ ५ बजे बस्नेगरी बोलाइएको एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ८ : ३६ बजे
प्रतिक्रिया