‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

महोत्तरी । महोत्तरीको जलेश्वर र बर्दिबासमा कोभिड–१९ विरुद्धको खोप दैनिक रूपमा सञ्चालनमा ल्याइएको छ । 

सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपको पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई समेत अगाडि बढाइने उहाँले बताउनुभयो ।

पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकमामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । अहिलेसम्म जिल्लाको कुल जनसङ्ख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्रो डोज खोप लिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

खोप नै लगाउन नपाएका मुसहर समुदायका लागिसमेत लक्षित गरी खोप अभियान तीव्र बनाइने उहाँले बताउनुभयो । १२–१७ वर्ष उमेरका बालबालिकाका लागि लक्षित खोप झन्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने छिटफुट भएका ठाउँमा पुनः खोप अभियान चलाउने प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ५२ बजे