प्रचण्डको जवाफपछि आजै नेतृत्व चयनको प्रक्रिया सुरु हुने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

उनले जारी आठौं महाधिवेशनमा शुक्रबार आफूले जारी गरेको प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिन लागेका हुन् । दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गरिनेछ । ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ जनाइएको छ । प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताइएको छ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : १५ बजे