सुनको मूल्यमा नयाँ कीर्तिमान

पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

मङ्गलवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचौ बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।

प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो । 

घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारलाई पेन्सनका लागि सरकारको ध्यानाकषर्ण गराउने, विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको हकहित तथा संवर्द्धनका लागि बिनाकारण कामबाट निकालिएका पत्रकारको पुनःबहाली गर्न नेपाल पत्रकार महासङ्घले आवश्यक पहल गर्ने, कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४१ बजे