बाढीको स्थितिमा सुधार

मुलुकभर हुस्सु–कुहिरो, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव  छ । 

आज बिहान देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । 

गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिवार दिउँसो देशभर आंशिक बदली रहनेछ।  गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १६ गते (शुक्रवार)
​​​​​​​दिउँसो :
देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिवार)
दिउँसो :
देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

२०७८ पौष १८ गते(आइतबार)
​​​​​​​दिउँसो : देशभर आंशिक बदली रहनेछ
राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ३८ बजे