काठमाडौँ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४ सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो ।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।
त्यसका लागि आज दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।
प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ७ : २३ बजे
प्रतिक्रिया