बगेर खेर गइरहेछ भोटको नुन

आखिर के हो हृदय ?

हृदय अर्थात मुटु । यसले शारीरका सबै भागमा रगत पुर्याउने काम गर्छ । अनि दिमागका कोशिकाहरुले रगतमा भएको अक्सिजन प्रयोग गरेरआफ्नो काम गरिरहन्छ । केही वैज्ञानिकहरुका अनुसार दिमागका विभिन्न भागहरुले विभिन्न काम गर्दछन । जस्तै ( सोच्ने , स्मरण गर्ने आदि । दिमाग स्वार्थी हुन्छ । यसले सोच्छ ।।।।आफ्नो नाफा नोक्सान हेर्छ । अनि हृदय ? के यो फगत एउटा मांसकोश मात्र हो ?लाग्छ यो जगतमा अन्य नसुल्झिएका कतिपय वस्तुझै यो हृदय पनि कुनै अलौकिक वस्तु हो , जसलाई जति बुझ्न खोज्यो त्यति कठिन

साहित्यमा हृदयलाई सुख , दुस्ख , घृणा आदि भाव अनुभूत गर्ने एउटा अंगको रुपमा वर्णन गरेको पाईन्छ । तर विज्ञानले यसलाई मस्तिष्क को करामत भन्छ । आखिर विज्ञान र साहित्य( बीच यो अन्तरविरोध किन?

आज दिउँसो एकछिन गीतहरु सुनेर बसें । भक्तराज आचार्यको‘ मुटु जलिरहेछ र अर्को नारायण गोपाल को( तिम्रो जस्तो मुटु मेरो पनि’ । त्यस्तै एकदेव आलेको ‘ तिम्रो मुटुमा म मात्र छु । अनि दीपक लिम्बुको( मुटु माग्यौ तिमीले’ पनि सुनें । गीतहरु कर्णपृय र हृदयस्पर्सी लाग्यो । नारायण गोपालको गीतले एकछिन भावुक पनि बनायो ।
यी कर्णपृय , हृदयस्पर्सी र भावुक शब्दहरु दिमागसँग सम्बन्धित हुन कि हृदयसँग ? हृदयसँग सम्बन्धित हैन भने हृदय स्पर्सी किन भनियो ? अर्को कुरा यी गीतहरुमा एउटा शब्द प्रयोग भएको पाएँ – मुटु । मुटुलाई अर्को शब्दमा हृदय पनि भनिन्छ । हृदयको अर्थ दिल , चित्त , अन्तस्करण , अन्तरात्मा र मन पनि हुँदो रहेछ ।
राजेन्द्र थापाको गीत – पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले । यहाँ मन हृदय र दिलकै अर्थमा प्रयोग भएको रहेछ । साहित्यका विभिन्न विधा गीत,गजल, कविता, उपन्यास आदिमा मुटु , हृदय र दिलका बारेमा यतिधेरै वर्णण गरिएका छन कि शायदै अरु विषयमा होलान् । हिन्दी सिने क्षेत्रमा पनि ( दिल तो पागल है , दिल दिवाना होता है अथवा जब दिल ही टुट गया,जस्ता सयौं गीतहरु छन जहाँ दिललाई केन्द्रमा राखेर लेखिएको छ । टुटने ,पागल र दिवाना हुने त्यो दिल आखिर हो के ?
कलेजमा पढ्ने एकजना साथी थियो । उ अलि रसीक थियो, उसलाई हामी दिलवाले भन्ने गर्दथ्यौं । अर्को एउटा थियो – दिल फेंक। तराईमा यस्ता शब्दहरु निकै प्रचलित छन् । त्यस्तै हाम्रो गाउँमा एकजना बाजे हुनुहुन्थ्यो। उहाँलाई सबैले कलकत्ते बाजे भनेर बोलाउने गर्थे। उहाँको कुरा गर्ने शैली आकर्षक थियो।त्यतिबेला हामी दसबाह्र बर्षका केटाहरु घन्टौं उहाँका कुराहरू सुनेर बस्थ्यौं।कहिलेकाही उहाँले भन्ने गर्नु हुन्थ्यो –बुझ्यौ जमिन्दार र राजाहरुको हृदय हुदैन । त्यतिबेला हृदय (दिल)नहुनुको गहिरो अर्थ हामी बुझ्दैनथ्यौं।अहिले सम्झिदै छु हृदय नहुनु भनेको दया , माया नहुनु रहेछ , निर्दयी हुनु रहेछ ।
बाजेले राजा र सामन्त हरुलाई पचास बर्ष अघि हृदय नभएको भनेका थिए तर , त्यसभन्दा पनि सयौं बर्ष अघि देखि अहिलेसम्म हृदयको भावबारे धेरै कुरा साहित्य र जनबोलीमा लेखिदै पढिदै र सुनिदै आइएको छ । के हृदय फगत एउटा मांसकोश हो ? हो भने – यो मन त मेरो नेपालीहो , हृदयको पानाभरी तिमी नै तिमी , तिमी नै मेरो चित्त चोर हौ, मुटु जलिरहेछ, मानिस ठूलो दिलले हुन्छ किन ?

कथा, कविता र उपन्यासहरुमा भावनाको सम्बन्ध मन अर्थात हृदयसंग जोडिएको प्रसस्त पढ्न पाइन्छ । चाहे त्योरोमियो (जुलिएटू होस या ूलैला मजनुू या ूमुना मदन। अब केही प्रश्न – के बोलचाल र साहित्यमा प्रयोग हुने हृदय बिम्ब मात्रै हो कि अरुथोक पनि हो ? यसबारे भनिएका कुराहरु कल्पित उडान मात्र हुन कि चेतन प्राणीको अवचेतन सोच हो? कि शरीरमा रगत फ्याक्ने पम्प मात्र हो ? आखिर हृदय हो के?

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ०४ बजे