काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउनुभएको हो । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १० : ३१ बजे
प्रतिक्रिया