सुनको मूल्यमा नयाँ कीर्तिमान

सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।
    
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : ०८ बजे