‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतीय जेलमा ४० बर्ष बिताएका दुर्गाप्रसादले पाउनुभयो नागरिकता

काठमाडौं । भारतीय जेलमा ४० बर्ष बिताएका दुर्गा प्रसादले नागरिकता पाउनुभएको छ । दुर्गा प्रसाद तिम्सिना (दिपक) ले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिक्ता लिनु भएको हो । उहाँको नागरिकता नम्बर ०३ ०७ ०३२५१ रहेको छ। इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनु भएको हो । नागरिकता पाए पछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिता अहिले सम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिक्ता बनाइएको हो ।

भारतमा जेल बस्दा दिपक जैसी नामले चिनीए पनि उहाको नागरिक्ता दुर्गा प्रसाद तिम्सिनाकै नामबाट बनाइएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १२ : ५० बजे