सुनको मूल्यमा नयाँ कीर्तिमान

रसुवा भन्सार कार्यालयबाट मङ्सिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिर महिनामा लक्ष्यको ८८.३९ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो । 

जुन मङ्सिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी सङ्कलन भएको हो ।

गत वर्ष मङ्सिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व सङ्कलन भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व सङ्कलन भएको छ । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । यसको असर भन्सार राजस्व सङ्कलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व सङ्कलन गर्न सकेको थिएन । 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भए पनि कोरोना सङ्क्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । 

 

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ११ : ५१ बजे