यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही  पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  र बाँकी भू–भागमा आंशिक बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही  गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : २० बजे