आज वर्षाको सम्भावना

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ ।दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्य सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्यु्त कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : २९ बजे