दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

होटेलमा महिलामाथि सामुहिक बलात्कार गर्ने ८ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरुल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ७ जनालाई मंगलबार र १ जनालाई बुधबार पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : २९ बजे