हनुमान ढोकाको दसैँघरमा फूलपाती

एकतर्फी खुल्यो बीपी राजमार्ग

file photo

काभ्रे । काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।

यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो ।

साथै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ३७ बजे