हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

काठमाडौँ । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।

जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ ।

तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजाआराधनाका लागि खुला गरिन्छ । तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौँ उपत्यकामा ल्याएको इतिहास छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ८ : १७ बजे