बैतडी । बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ ।
पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मङ्गलवार रातिदेखि हिमपात भइरहेको हो ।
हिमपात अहिले पनि जारी रहेको छ । हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्ध वृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।
वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएको पाटन नगरपालिका–९ का किसान नरबहादुर भण्डारीले बताउनुभयो। बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।
प्रकाशित मिति : १४ पुस २०७८, बुधबार ९ : २४ बजे
प्रतिक्रिया