जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह 

​​​​​​​जुम्ला । जुम्लामा मङ्गलवार रातिबाट हिमपात भएको छ । 

हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताउनुभयो ।

“बालबालिका र वृद्ध वृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजनिक सूचनामार्फत अनुरोध  गरिएको छ”, उहाँले भन्नुभयो ।

प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि भनेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : ५८ बजे