दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 जाजरकोट जिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण

जाजरकोट । जाजरकोटजिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण गरिएको छ ।

लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो । यसअघि केही शय्यामा मात्रै सङ्क्रमितको उपचार भइरहेको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो ।

नियमित तथा अरू रोगका बिरामीको उपचार कोरोना सङ्क्रमित भएका बिरामीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ । 

जैशीका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ । अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो ।

अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन शय्या रहेका छन् ।  आइसीयूकक्ष तीन, भेन्टिलेटर एक, अक्सिजन सिलिण्डर ५४, एचडीयू शयुया एक, अक्सिजनसहितको शय्या ३३ र साधारण आइसोलेशन ३३ रहेको छ । थप अक्सिजन सिलिण्डर खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको छ । 

त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । 

प्रत्येक पालिकालाई १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो ।

जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा
कोरोनाबाट जोगिन र जोगाउनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । 

सीमानाकामा समेत कडाइका साथ निगरानी बढाएको छ । बैंकले एक चौथाइ कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०ले जनाएको छ ।

पहिलो चरणमा वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषेधाज्ञा गरिएको थियो । 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयसहित, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जेठ ७ सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो । 

वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट, जुफाललगायतका बजार बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ०३ बजे