‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।
 
राष्ट्रपति भवल शीतल निवासमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको शपथ ग्रहणका लागि तयारी भइरहेको छ । 

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् गठन गर्ने र केही मन्त्रीहरुलाई शपथ गराउनुहुने  बताइएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ः०० बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर दाबी पेश गर्न आह्वान गर्नुभएपनि कसैको दावी नआएपछि संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा बढी सदस्यहरु भएको दल नेकपा(एमाले)का संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे