मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

अछाम आउँदै गरेको हाइस दुर्घटना, १३ जना घाइते

अछाम। कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मङ्गलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जना गम्भीर, पाँच जना मध्यम र पाँच जना सामान्य रहेकोे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते सबैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको भण्डारीले जानकारी दिनुभयो ।

घाइते हुनेमा अछाम जिल्ला ढकारी गाँउपालिका–८ की ४ वर्षीया नेहा खड्का, मंगलसेन नगरपालिका– १२ का ५० वर्षीय पार्वती शाही र दैलेख जिल्ला आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाहीको अवस्था गम्भीर रहेको छ ।

नेहा र पार्वतीको टाउको र रिदमको अनुहार र खुट्टका गम्भीर चोट लागेको अछाम प्रहरीले जानकारी दिएको छ । मंगलसेन नगरपालिका–१४ का ३५ वर्षीय केशर सोडारी, ५६ वर्षीय जैसरा भण्डारी, ६१ वर्षीय नरबहादुर सोडारी घाइते हुनुभएको छ ।

यस्तै सामन्य घाइते हुनेमा मंगलसेन नगरपालिका–१४ की ३७ वर्षीय डिक्रा सोडारी, १३ वर्षीय किस्मत वयक, ४५ वर्षीय देवेन्द्र शाही, ५ वर्षीय अमिक शाही हुनुहुन्छ ।

दुर्घटनामा ढकारी गाउँपालिका–८ का ८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय चम्फा खड्का, कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका ४१ वर्षीय बिमा बुढा पनि घाइते हुनुभएकोृ छ ।

सु.प्र ०१००१ ख ३०४६ नम्बरको गाडी अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीका चालक फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दैलेख प्रहरीले दुर्घटना बारे थप अनुसन्धान पनि गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ५४ बजे