‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’(थिङ्क ट्याङ्क) गठन गरेको छ । 

समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ÷संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ । समूहले ती समुदायका विशेष मुद्दाको पहिचान गरी निरन्तर पैरवी गर्नेछ । समूहको आजको पहिलो बैठकमा सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि  ‘हर्मनन  क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । यसले विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताइएको छ ।

यो सेवा नेपालमा उपलब्ध नरहेको बताइएको छ । उहाँले भन्नुभयो, “सङ्घले लामो समयदेखि यौन तथा प्रजनन अधिकारका  क्षेत्रमा निरन्तर पैरवी गर्दै आएको छ । यही क्रममा विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौन तथा प्रजनन अधिकारका लागि पैरवी गर्न विज्ञ समूह गठन गरिएको हो । ” सङ्घले सुरक्षित गर्भपतन सेवाका लागि नीति, ऐन तथा नियमावली जारी गर्न अनवतर पैरवी गरेको थियो ।  

सो समूहले छिट्टै राष्ट्रिय कार्यशाला आयोजना गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका समस्या तथा मुद्दालाई पहिचान गरी पैरवीका लागि रणनीति समेत तयार गर्ने जनाइएको छ । आजको बैठकमा सहभागीले समलिङ्गी विवाह, पहिचान तथा नागरिकताका मुद्दालाई विशेषरुपमा उठान गरेका सङ्घका वरिष्ठ पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ०५ बजे