धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

काठमाडौँ । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।

१४ जना रूसी नागरिकको समूह धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए ।

आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।

बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ३७ बजे