‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खोप नलगाएकाहरू भन्छन्, ‘खोप केन्द्र कहाँ छ, थाहा नै छैन’

​​​​​​​​​​​​​​काठमाडौं । ​​​​​​​जडीबुटी स्थित आकाशे पुलमा रोजगारीका लागि पोस्टर बाँडिरहेकी बैतडीकी राधा कुइँकेलले कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने सुने पनि आजसम्म खोप लगाउन पाएकी छैनन् । आफूलाई पायक पर्ने ठाउँमा खोप केन्द्र नहुँदा खोप लगाउनबाट बन्चिजत हुनुपरेको उनले बताइन । ‘खोप केन्द्र टाढा भएकाले गाउँमा रहँदा खोप लगाउन पाइएन, बाजरामा त खोपकेन्द्र नै कहाँ छ थाहाँ छैन’ उहाँले भन्नुभयो । 

गौशालामा पानी पुरी बेच्दै आउनुभएका जनकपुरका जितेन्द्र यादवले पनि आजसम्म कोरोना विरुद्धको खोप लगाएका छैनन् । यादवले पनि खोप केन्द्रको बारेमै थाहा नपाएका बताए । ‘खोप लगाउन दिनभर लाइन बस्नुपर्छ भन्ने सुनेको छु, आफू दिनभर काममा व्यवस्था हुन्छु । त्यही कारण खोप केन्द्र कहाँ छ भन्ने विषयमा चासो नै लाग्दैन ।’ आफूले खोप नलगाउने निर्णय गरेको उहाँले बताउनुभयो । 

 

जडीबुटी चोकमा बेमौसमी मकै पोल्दै आउनुभएकी भक्तपुरकी धनी माया श्रेष्ठको व्यथा भने फरक छ । ‘कोरोना विरुद्धको खोप कहाँबाट लगाउने हो उहाँलाई पत्तोसम्म छैन । ‘पैसा तिरेर लगाउने हाल्ला सुनेको थिएँ । मकै पोलेर कमाएको पैसाले घर खर्च चलाउनै मुस्किल छ । कोरोनाको खोप कसरी लगाउनु रु’, उहाँले प्रश्न गर्नुभयो । उहाँलाई कोरोना विरुद्धको खोप निःशुल्क पाइन्छ भन्ने जानकारी समेत रहेनछ । 

 

कतिपयले भने कोरोना विरुद्धको खोप लगाइसकेपछि पनि मृत्यु भएको समाचार प्रकाशित भएपछि डरका कारण खोप नै नलगाउने गरेको बतँछन् । जडीबुटी मै किनारा पसल सञ्चालन गर्दै आइरहनु भएका चितवनका आकाश थापाले त्यही कारण खोप नलगाएको बताउनुभयो । खोप नलगाएपनि आफूले नियमित रूपमा माक्स र सेनेटाइजरको प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

 

खोपका विषयमा समाजमा नकारात्मक हल्ला पनि नफैलिएको होइन । गौशाला चोकमा भेटिनुभएका धनुषाका शिव कुमार मोहोराले गाईबस्तुमा लगाउने खोप मानिसमा लगाइदिन्छन् भन्ने हल्ला गाउँघरमा भएका कारण खोप नै लगाउनुभएको छैन । वैदेशिक रोजगारीमा जाने तयारी गर्नुभएका उहाँले अब भने हिम्मत गरेरै खोप लगाउने निर्णय गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘परिवार पाल्नै पर्‍यो, त्यसकै लागि भए पनि खोप लगाउँछु ।’परिवारलाई पाल्नै पर्‍यो अव विदेश जाँदै छु त्यसकै लागि भएनि हिम्मत जुटाएरै भएनि खोप लगाउने कुरा उनले बताए ।

 

जनकपुरका इन्द्रेशकुमार यादव पेसाले चालक हुनुहुन्छ । आफू गाउँमा रहँदा खोप लगाउन जाँदा सेवाग्राहीको धेरै नै चाप भएका कारण खोप नै सकिँदा आफूले लगाउन नपाएको उहाँको दुखेको छ । हाल आफू पेसामा रहँदा धेरै नै व्यस्त भएका कारण खोप केन्द्रमा जाने समय नै नभएको उहाँले प्रस्ट्याउनुभयो । सरकारले गाउँघरमा भने पर्याप्त खोप उपलब्ध गराउनुपर्ने उहाँको सुझाव छ । 

 

इजरायलबाट हाल नेपाल फर्कनुभएका सुर्खेतका गणेश चापागाईँको भने खोपका विषयमा भिन्नै मत छ । विदेशमा जस्तै नेपालमा पनि अनिवार्य रूपमा बुस्टर डोज लगाउन सरकारले तत्परता नदेखाएको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘खोपको दोस्रो मात्रा लगाएको ६ महिनापछि बुस्टर डोज लगाउनै पर्छ भन्ने विदेशमा अवलम्बन हुन्छ । त्यसलाई नेपाल सरकारले पनि अनिवार्य रूपमा अवलम्बन गर्नैपर्छ ।’ कोरोना विरुद्धको बुस्टर डोज अनिवार्य रहेको उहाँको बुझाइ छ । 

 

यता सरकारले भने पुस मसान्तसम्ममा कुल जनसङ्ख्याको ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ ।  अझ पछिल्लो समय सरकारले कोभिड—१९ विरुद्धको थप बुस्टर डोज दिने तयारीसमेत थालिसकेको छ ।

एकातिर पहिलो खोप नै नपाउनेको सङ्ख्या ठूलो मात्रामा भेटिरहँदा सरकारले बुस्टर खोपको तयारी गर्नुलाई कतिपय भने बेमौसमी बाजा भएको बताउँछन् । 

 

सरकारसँग एक करोडभन्दा धेरै खोप मौजादमा रहेपनि उक्त खोप लक्षित समुदायमा नपुग्नु दुःखद छ । 

 

हालसम्म नेपालमा तीन करोड ८५ लाख ३९ हजार ३६७ डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये दुई करोड २५ लाख १० हजार ८१८ मात्रा खोप उपयोग भइसकेको छ । जसमध्ये एक करोड २६ लाख ७२ हजार ४४२ जनाले पहिलो मात्रा र ९८ लाख ३८ हजार ३७६ जनाले पूर्ण खोप लगाएका छन् । कतिपय मानिस अझै पनि खोप केन्द्रको विषयमै अनविज्ञ छन् । 

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : ०४ बजे