बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : १० बजे