बढी भाडा लिने ३१ जना नियन्त्रणमा

बाढीपीडितलाई नगद सहयोग

धरान (सुनसरी)। यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु गरेको हो । उक्त बाढीपीडितलाई प्रति परिवार रु १५ हजारको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ । नगर प्रमुख कार्कीले भन्नुभयो, “केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।”

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०७ बजे