अध्यक्ष ओली काठमाडौं फर्कदै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्किदै हुनुहुन्छ । चार दिनको झापा बसाइपछि अध्यक्ष ओली आज काठमाडौं फर्किन लाग्नुभएको हो ।

अध्यक्ष ओलीले झापामा तीन दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । उहाँ सोमबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेपनि एक दिन बसाइ थप लम्बिएको उहाँको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १२ : ४५ बजे