सिरिन्जको अभाव: अनिश्चित खोप अभियान

काठमाडौं –  ​​​​​​​नेपालमा  सिरिन्जको अभाव भएपछि खोप अभियान नै अनिश्चित भएको छ ।

सरकारले फाइजरको खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरे पनि सिरिन्जको अभाव हुँदा खोप अभियान अनिश्चित बनेको हो । सिरिन्ज नआएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप अभियान स्थगित भएको छ । बालबालिकालाई लागाउने भनिएको फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज आवश्यक हुने र उक्त सिरिन्जको अभाव हुँदा खोप अभियान अनिश्चित बनेको छ ।

नेपालले कोभ्याक्स संयन्त्रमार्फत ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : ०६ बजे