खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका छ खेलाडीका परिवारलाई एन्फाले जनही आठ लाख दिने

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही असोज १२ गते प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ६ जना खेलाडीका परिवारलाई जनही रु आठ लाख प्रदान गर्ने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित एन्फा वत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा पहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बाँनिया, अनुपम घलान र साइमन योञ्जनको मृत्यु भएको थियो ।

एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको आपत्कालीन बैठकले मृतकको परिवारलाई राहतस्वरुप जनही रु आठ लाख दिने निर्णय गरेको हो । बैठकले प्रत्येक दिवङ्गत खेलाडीहरूको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिदिने निर्णय गरेको छ ।

उक्त घटनाबारे सत्यतथ्य विवरण सङ्कलन गरी एक महिनाभित्र यथार्थ प्रतिवेदन पेस गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठन गरिएको छ । समितिमा एन्फा सहायक महासचिव दामोदर भट्टराई र केन्द्रीय सदस्य टिकाराम लामा रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : २७ बजे