दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चौध वर्षीया किशोरीलाई करणी गर्ने पक्राउ

काठमाडौं – चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ४३ बजे