मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज (आइतबार) शपथ लिदैँ हुनुहुन्छ ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा दिउँसो १ः३० बजे सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिनुभएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतल निवास स्रोतले जनाएको हो ।

शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १२ : ३० बजे