माओवादीको बन्दसत्रमा प्रचण्ड डेढ घण्टादेखि बोलेको बोल्यै

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् । 

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : २३ बजे