प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बीवाईडीले गर्यो रेकर्ड ब्रेक, एकदिनमै १३२ युनिट ईभी डेलिभरी !

काठमाडौं । नेपालीहरुको महान चाड दशैं शुभारम्भ भएसँगै बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर रेकर्ड ब्रेक गरेको छ ।

विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर यस्तो अवस्था पैदा गरेको हो ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको विज्ञप्तीमार्फत जनाएको छ । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता भएको दावी समेत गरेको छ ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले खुसी व्यक्त गर्दै भने, ‘एकै दिन, १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ,गौतमले भने ।

त्यसो त देशभर बीवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको सन्दर्भमा पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार गरिरहेको बुझिएको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको छ ।

साइमेक्स इन्क प्रा.लि (बिवाइडी)द्वारा दैवी प्रकोप उद्वार कोषमा ५१ लाख सहयोग


काठमाडौं । सिमेक्स इन्क प्रा.लि (बिवाइडी) ले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख सहयोग गरेको छ ।
बाढीपहिरो पीडितको सहयोगका लागि बिवाइडीले ५१ लाख सहयोग गरेको हो ।

बिवाइडी नेपालको आधिकारीक बिक्रेता कम्पनी सिमेक्स इन्क प्रा.लिका अध्यक्ष अनिल श्रेष्ठ र प्रबन्ध निर्देशक यमुना श्रेष्ठले संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५१ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ११ : ४४ बजे