मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

काठमाडौं। बिहानै एक जना छिमेकी भाइ लैना भैँसी कुट्दै थिए । त्यो सम्म त ठिकै थियो।  कुटाई भन्दा पनि उनको गाली गराई अलि बढी खतरनाक थियो । उनलाई सोध्नै पर्‍यो ‘ के भयो भाइ किन यसरी लैनो भैँसी कुटेको’? । उनको जवाफ थियो हेर्नु न साउन लागे देखि यसले कपटी गरेर राम्रोसँग दु्धनै दिदैन। उनलाई फेरि सुझाव दिइयो  – स्याहार पुगेन कि भाइ । उनी एक छिन टोलाए । चिउँडोमा हात राखेर भने  – त्यो त त्यस्तै हो सर , केपी शर्मा ओली प्रधानमन्त्री भएपछि यसले राम्रोसँग दूध दिनै छोड्यो। 

यस्तो हुन्छ र भैँसीलाई चाहिने त घाँस खोले नै होला ? उनको सहज जावाफ थियो – त्यो त दिएकै छ त , हिजो आज  अलिक कम भएको मात्र हो । किन कम भयो त? उनको जवाफ थियो – देशमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि अलि व्यस्त छु नि । किन व्यस्त भएको ? उनको जवाफ थियो – कमरेड प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि अलि  म बढी व्यस्त भएको छु ,। देशमा चाड पर्व बढेको  छ। त्यहाँ ओली आउने भएपछि हल्ला गर्ने जिम्मेवारी मेरो काँधमा छ।  कहिले कता कता नारा लाउन जा भन्छन् त्यसैले भैँसीलाई अलिकति घाँस पानी कम भएको मात्र हो । 

अनि घाँस पानी कम भएपछि भैँसीले राम्रो दूध दिन्छ त ? उनको सहज जवाफ थियो – त्यो त दिँदैन सर ,  तर तपाईँले जे भन्नु केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मात्र यो भैँसीले दूध दिन छोडेको हो , त्यस कारण हामी ओली सरकारविरुद्ध प्रचण्डको नेतृत्वमा आन्दोलनमा जान्छौ । 

उनलाई फेरि प्रश्न सोधियो – अनि प्रचण्ड नेतृत्वमा सरकार हुँदा चाहिँ तपाईँको र्भैसीले  दिन्थ्यो ? उनले सहज जवाफ थियो,  त्यो बेला दुहुनै पर्दैनथ्यो, किन कि भैँसी ब्याएको नै थिएन ।  उनलाई फेरि अर्को प्रश्न थियो – अनि कसरी दूध आउँथ्यो त ? उनले जवाफ फर्काए – त्यो बेला घाँस खोले पनि कम दिए हुन्थ्यो दुहुनु पनि पदैैनथ्यो । अनि अहिले चाहिँ केले बिगार्‍यो? उनको जवाफ थियो – प्रधानमन्त्री केपी शर्मा ओलीले । कसरी भाइ ? उनको जवाफ थियो – भैँसी ब्यायो नि । अनि कसरी ओली मुछिनु भो? उनकाृे जवाफ थियो –  असार सम्म प्रचण्डको सरकार थियो, भैँसी ब्याएको थिएन,  तर ओली प्रधानमन्त्री भएपछि भैँसी ब्यायो, । फेरि उनलाई प्रश्न गरियो – त्यसमा ओलीको के दोष छ त? उनको जवाफ थियो जे भन्नु सर , यसमा केपी शर्मा ओलीको भूमिका छ, यदि प्रचण्ड प्रधानमन्त्री  भइरहनु भएको भए यस्तो घटना हुने नै थिएन। उनले पुर्पुरोमा हात राख्दै भने – भैँसी प्रचण्ड प्रधानमन्त्री भएको बेला ब्याएको भए हुन्थ्यो , कि थारै बसेको भए सन्चो हुन्थ्यो, ओली प्रधानमन्त्री  भएको बेला ब्यायो यो नै खतरनाक विषय हो । यसमा ओली र ओली नेतृत्वको सरकारको षडयन्त्र छ। 

कसरी हो यस्तो हुन्छ ? उनको जवाफ थियो – प्रचण्ड प्रधानमन्त्री भएको बेला खोले पानी घाँस मज्जाले गर्न पाइन्थ्यो , तर ओली प्रधानमन्त्री भएपछि अलि कम भएको छ । अनि किन कम भएको ? उनको जवाफ थियो – यो सरकार नालायक  छ, झन् केपी शर्मा ओली  प्रधानमन्त्री भएपछि देशमा यस्ता हजारौँ भैँसीले दूध दिएनन् रे । त्यस कारण हामी देशभरिका ओलीका कारण भैँसीले‘ मिल्क हो लिडे ’मनाएका पीडितहरू आन्दोलनमा  उत्रन्छौ, । अनि मुख्य माग चाहिँ के होला ? उनको जवाफ थियो –ओली सरकार  कुर्सी खाली गर, त्यसमा कमरेड प्रचण्डलाई बहाली गर, । उनलाई प्रश्न थियो – अनि  ओलीले कुर्सी छाडेर प्रचण्ड बहाली भएपछि तपाइको भैँसीले चाहिँ कसरी दूध दिन्छ? उनको जवाफ थियो–  यो प्रचण्डको आदेश हो, उहाँको आदेश भएपछि र्भैसीले पनि प्याक प्याकी मुख बाउँछ र दूध दिन्छ , ।

 अन्तिममा उनी भैँसीको  गोबर फाल्ने मलको थुप्रोमाथि बसेर सुस्ताएर  भने– यो सबै हाम्रो पाटीको आदेश हो । कुन पार्टीको आदेश ? उनको जवाफ थियो कमरेड प्रचण्डको आदेश  हो। अनि फेरि उनलाई सोधियो – यो त पार्टीको भएन नि? उनको जवाफ थियो – ल तपाईँलाई  थाहा छैन, चालिस वर्ष भइसक्यो , प्रचण्ड भनेको माओवादी हो र माओवादी भनेको प्रचण्ड हो। 

 अनि प्रचण्ड सरकारमा आएपछि तपाइको भैँसीले कसरी दूध दिन्छ? उनको जवाफ थियो – पार्टीले जति सिकायो त्यो भनिसके, अरु प्रश्नको उत्तर खोज्न फेरि आउनु होला , जुन बेला म उहाँ( प्रचण्ड)लाई सोधेर आउँछु।

त्यसपछि  ओली विरुद्धको भैँसी संवाद त्यही समाप्त भो । 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ४० बजे