सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौँ ।  साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

त्यस्तै , चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : २१ बजे