सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतमा ओमिक्रोन : नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु 

नयाँ दिल्ली । कोभिड सङ्क्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितहरूको सङ्ख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यु लगाउने भएको हो । राज्य सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ७ हजारमा जना कोभिड सङ्क्रमित भेटिएका छन् । उनीहरूमध्ये ४ सय२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टका बिरामी र अधिकांश सङ्क्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यु लगाइएको थियो । 

नयाँ दिल्लीबाहेक अन्य सहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । 

अङ्ग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, साङ्गीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यु लगाइएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ०७ बजे