काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र आज बिहानबाट सुरु हुँदै छ ।
आइतबार काठमाडौँमा उद्घाटन भएको महाधिवेशन बिहान ११ः०० बजेका लागि तय भएको छ ।
अर्थ मन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ः०० बजेदेखि प्रज्ञा भवनमै बन्द सत्र सुरु हुनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदनमाथि पनि बन्द सत्रमा सामूहिक छलफल हुनेछ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
१६ बढी प्रतिनिधिहरू बन्द सत्रमा सहभागी हुनेछन् ।
प्रकाशित मिति : १२ पुस २०७८, सोमबार ७ : २७ बजे
प्रतिक्रिया