‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त, भोलि दिउँसो २ : ३० बजे सपथ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुनः नियुक्त हुनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको समयसीमामा अन्य दलले बहुमत पुरयाउन नसकेपछि ओलीनै प्रधानमन्त्रीमा दोहोरिनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली तेस्रो कार्यालयका लागि प्रधानमन्त्री बन्नुभएको हो। नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ः ३० मा सपथ लिने कार्यक्रम छ।

​​​​​​​

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ५६ बजे