आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आई .एम .ई. लाइफ इन्श्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आई .एम .ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका.मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।

यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ । उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १५ बजे