‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा थप २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ पुगेको  छ ।पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने  २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको  छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ५९ बजे