साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो

काठमाडौं। बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । सलमानलाई शनिबवार राती सर्पले टोकेको हो  ।

खानलाई कुन प्रजातीको सर्पले टोकेको भन्ने बारे अहिलेसम्म स्पष्ट नभएको बताइएको छ । 
पनवेलको फार्म हाउसमा भएका बेला सलमानलाई सर्पले टोकेको बताइएको छ । जानकारी अनुसार सलमान गएराती आफ्नो परिवारसहित पनवेलको फार्म हाउसमा थिए । उनीहरु त्यहाँ क्रिसमस मनाउन गएका थिए ।

 सर्पले टोकेपछि खानलाई  गएराती ३ बजे मुम्बइको कमोठे क्षेत्रमा रहेको एक अस्पतालमा भर्ना गरिएको थियो । सलमानको स्वास्थ्य अहिले ठिक भएको बताइएको छ । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । 

पनवेलको जुन क्षेत्रमा सलमानको फार्म हाउस छ त्यो क्षेत्र पहाड र वन क्षेत्रले घेरिएको छ । यो क्षेत्रमा सर्प र अजिंगर आइरहन्छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ३४ बजे