दलित गाउँका पहिलो शिक्षक

सिराहामा सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड 

सिराहा ।  किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । 

सिराहाको औरही गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । 

किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आम हडताल घोषणा गरेको हो । 

बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोल बजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दीपेन्द्र यादवले जानकारी दिनुभयो । 

सवारी साधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको छ । 

तस्बिर : नेपाल प्रेस 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १२ : १३ बजे