बाढीको स्थितिमा सुधार

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा सहभागी नहुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ । 

आइतबार अपराह्न ३ः०० बजे उद्घाटन हुने माओवादीको आठौँ महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने हुनुभएको हो । 

उहाँ पूर्वनिर्धारित विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार गृह जिल्ला झापा पुग्नुभएको छ  ।

झापामा रहनुभएका अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिनुभएको बताइएको छ ।

“माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,” अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले भन्नुभयो । शनिवार झापा जानुभएका अध्यक्ष ओलीले सोमबार वा मङ्गलवार मात्र काठमाडौँ फर्कने प्रेस सल्लाहकार बजगाईँले जानकारी दिनुभयो  ।

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको केन्द्रीय कमिटीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।   

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : १८ बजे