सुनको मूल्यमा नयाँ कीर्तिमान

मलेसियामा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

क्वालालम्पुर । मलेसियामा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

शनिवारदेखि निरन्तर आएको वर्षा पछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरूको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अवरुद्ध भएका छन् । बाढीका कारण दसौँ हजार मानिस विस्थापित भएका छन् ।

बाढीबाट देशकै ठुलो जनसङ्ख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरू घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरूमा जनाइएको छ । उनीहरूलाई डुङ्गाबाट उद्धार गरिएको थियो ।

बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । 

दक्षिण पूर्वी एसियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठुलो जनधनको क्षति हुने गरेको छ । एजेन्सी

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : २३ बजे