‘बाढीपहिरो पीडितका लागि तत्काल राहत र दीर्घकालीन पुनर्बासको काम भइरहेको छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढीपहिरो पीडितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्बासको काम गरिरहेको जानकारी दिनुभएको छ ।

नेपालीहरुको महान पर्व पर्व बडादशैंको घटस्थापनाको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले यसपाली अविरल वर्षाका कारण दशैं खल्लो हुन पुगेको उल्लेख गर्नुभयो ।

‘आज घटस्थापना, आजबाट हाम्रो महान पर्व बडादशैंको नवरात्र सुरु भएको छ । आज जमरा राखिन्छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘यसपाली अविरल वर्षाका कारण हाम्रो दशैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुईसय भन्दा बढीको ज्यान गयो, कयौं घाइते हुनु भएको छ, घरबार विहीन हुनुभएको छ । उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ । घटस्थापनाको सबैलाई शुभकामना !!’

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०७ बजे